काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरेरै छाड्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसद्हरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘हामी क्रण लिएर भए पनि जति महङ्गो भए पनि किनेर जनतालाई खोप पु¥याउने प्रतिवद्धता पूरा गर्छौं ।’ प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५÷७ महिना मात्र रहने भन्दै उहाँले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताउनुभयो ।