काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७८ जना कोरोना सङ्क्रमणमुक्त भएको छन् ।

पछिल्लो २४ घन्टामा १३ हजार ६ सय ९८ जनाको आरटी पीसीआर परीक्षण भएको थियो । त्यस्तै, ३ हजार ६ सय १० को एन्टिजेन परीक्षण भएको थियो ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यीमध्ये काठमाडौं जिल्लामा ४ सय १०, ललितपुरमा १ सय ३४ र भक्तपुरमा ६९ सङ्क्रमित थपिएका छन् ।