काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री देउवासँगको भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी गर्नुभएको छ । यसका साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिवले जानकारी दिनुभयो ।