फाइल तस्वीर


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्ने हुनुभएको छ । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उहाँहरू एउटै मञ्चमा सहभागी हुन लाग्नुभएको हो ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पनि यो कार्यक्रममा सम्बोधन गर्ने तय भएको छ । शीर्ष कम्युनिस्ट नेताहरुलाई वक्ताको रुपमा राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने आमन्त्रण गरिएको छैन ।

‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा प्रचण्ड, नेपाल, वैद्य र विप्लवसहितका नेताहरुले एकसाथ सम्बोधन गर्न लाग्नु भएको छ । सो कार्यक्रम आज दिउँसो साढे १२ बजेपछि तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु हुँदैछ ।