काठमाडौं – नारायणहिटी सङ्ग्रहालय अवलोकन गर्न आउने आम नागरिकलले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी सङ्ग्रहालयमा प्रदर्शनका लागि राख्न लागिएको हो । राजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको सङ्ग्रहालयले जनाएको छ ।

सबै सवारीसाधन पुरानो भइसकेकाले मर्मत गरेर सकेसम्म चल्ने अवस्थामा प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ । सङ्ग्रहालय विकास समितिका प्रमुख भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहीकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी राख्न लागिएको जानकारी दिनुभएको छ ।