काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि तय भएको सङ्घीय संसद सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो ।

देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । उहाँलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए ।

आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

No description available.