काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो । मुख्य सचिव पौडेलका अनुसार बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुने छ ।