काठमाडौं – काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । आज शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युटको भूकम्प गएको हो।