काठमाडौं – आज देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमिवदले जानकारी दिएका छन् ।

आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।