काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । आज बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने बताउनुभएको हो । माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् ।

प्रवक्ता ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तुलना हुन नसक्ने बताउँदै ‘पार्टीको जनमत काङ्ग्रेस पाउमा बुझाउनेसँग कसरी तुलना हुन्छ । एमाले विरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने ओलीले बैठक धारणा राखेको उल्लेख गर्नुभयो ।