काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने निर्णय गरेको हो । उनीहरुलाई आयोगले यही साउन ११ गते बिहान ११ बजे सक्कल नागरिकतासहित निर्वाचन आयोग बोलाउने निर्णय गरेको छ ।