काठमाडौं – काठमाडौंको माइतिघर मण्डलामा आज ‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित ‘प्रतिरोध ¥यालीसभा’ गरिएको छ । माइतिघर मण्डलाबाट सुरु भएको प्रतिरोध ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा सहभागीहरुले महिला हिंसा, भ्रष्टाचार, अनियमितता लगायतको विरोध गरेका छन् । उनीहरुले ‘यस्तो थिति फालौँ, आउनुस् नयाँ थालौँ’, ‘घरभित्र बस्यो हिंसा छ, घरभित्र बस्यो हिंसै छ, दिदी र बहिनीको संसार, हत्या र बलात्कार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ¥याली गरेका थिए । यस्तै प्रतिरोध सभामा कविता वाचन, साङ्गीतिक र नाट्य प्रस्तुती प्रस्तुत गरिएको थियो ।

र्यालीसभा प्रर्दशनमा जनअधिकार आन्दोलन नामबाट एक विज्ञप्ति प्रकाशन गर्दै जनताले भोग्नुपरेका सबै शोषण, उत्पीडनको अन्त्य गर्न जनता नै जाग्नुपर्ने बताइएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘साथीहरू, हामी जुट्यौं भने यस्तो थिति अवश्य फाल्न सक्छौं, हामी उठ्यौं भने यो समय साँच्चै फेर्न सक्छौं । तमाम विभेदका जराहरू एकैचोटि उखेलौं र नयाँ ब्याडमा नयाँ थितिको बिरुवा रोपौं ! लोकतन्त्रको खोल ओडेको यो धनतन्त्र फालौं, आउनुस् यो काम आजैदेखि थालौं !’