काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ५५ जना र ३ हजार ७ सय ७ एन्टिजेन परीक्षण गर्दा ८ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

गत २४ घण्टामा १ हजार २ सय ८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार ३ सय ७५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।