काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन भनेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लङ्घन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

अहिले पनि १० जिल्लामा ५ सय भन्दा बढी र २६ जिल्लामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सङ्क्रमणको जोखिम अझै बढिरहेको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि सङ्क्रमणको जोखिम बढाएको छ । त्यसैले मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

‘सङ्क्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शैयालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ’ मन्त्रालयले भनेको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति हेर्नुस् :