काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताउनुभएको छ । आज पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताउनुभएको छ ।

त्यस्तो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उहाँले, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं भन्नुभयो ।’नेता नेपालले भन्नुभयो, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । को आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

उहाँले गलत कुरालाई स्वीकार गरेर शिर निहु¥याएर बस्नु भनेको दास हुनु बराबर भएको बताउनुभयो । सबैको मर्यादा राख्नुपर्ने भन्दै वरिष्ठ नेता नेपालले ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।’