काठमाडौं – जल तथा मौसम विज्ञान विभागले अनुसार देशभरको मौसममा बदली हुनेछ । बिहिबार देशमो मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा तराई नजिक रहँदा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बिहान प्रदेश नं.एक र दुई तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका मौसमविद्का अनुसार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै बिहिबार राति पनि देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने विभिन्न क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षा हुनसक्ने विभागले जनाएको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले पहाडी भू–भागमा भू–क्षय भै पहिरो र बाढी आउन सक्ने भएकोले नदी तथा खोलाहरुमा पानीको बहाव समेत बढ्न सक्ने, सडक यातायात पनि अवरुद्ध हुन सक्ने भएकाले सरोकार सम्बन्धित सबै पक्षलाई सतर्क रहन पनि विभागले सचेत गराएको छ ।