काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ ।

त्यसअनुसार २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यो बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।