काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९ सय १८ जना र ३ हजार ९ सय १ एन्टिजेन परीक्षणबाट ९ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा १ हजार ४ सय ७५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ९०, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २८ जना सङ्क्रमित थपिएका हुन् ।