ललितपुर – नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौं उपत्यकाभित्र तीनै जिल्लामा कार्यरत १ सय ६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताउनुभयो । यसअघि गत असार ६ गते २ सय २६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए । बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ । –रासस