काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताउनुभएको छ । कोरोना महामारीको पुरानो असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर बढेको उहाँको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले, ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको बताउनु भएको छ ।’

प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताउनुभएको छ । उहाँले कोरोना महामारीलाई परास्त गर्न सबैजना एकजुट हुनुपर्ने भन्दै सरकारले सबैलाई निःशुल्क खोप दिन प्रयास गर्ने बताउनुभयो ।