काठमाडौँ – औपचारिक रुपमा विभाजनको घोषणा मात्र हुनबाँकीे रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षको आज बुधबार पनि अलग अलग बैठक बस्ने भएको छ । ओली पक्षले आज पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ । तीन दिनदेखि बसिरहेको केन्द्रीय कमिटीको उक्त बैठक दिउँसो ३ बजे ललितपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।


प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णय विपरीत विश्वासको मत दिएका आफ्ना २२ जना सांसदहरुलाई सोमबार बसेको बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर अहिलेसम्म देउवालाई मत दिने एमालेका सांसदहरुले भने स्पष्टीकरणको कुनै पत्र नपाएको बताएका छन् ।
हिजो मङ्गलबारको बैठकपछि एमाले स्थायी कमिटी सदस्य एवम् पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने स्पष्टीकरणको पत्र काट्ने काम भैरहेको र २४ घण्टापछि त्यसबारे थप जानकारी हुने बताउनु भएको थियो । मङ्गलबारको बैठकमा प्रदेशगत रिपोर्टिङ भएकोमा आजको बैठकमा पनि त्यसले निरन्तरता पाउने प्रवक्ता ज्ञवालीले बताउनु भएको थियो । एमालेको विवाद एकले अर्को पक्षलाई धम्क्याउने र थर्काउने काम गर्दै आएका छन् । न पार्टी एकता हुन्छ, न त विभाजन नै । एउटा पक्षले अर्को पक्षलाई गालीगलौच र आरोप लगाउने काम मात्रै भैरहेका छन् ।

यता एमालेकै असन्तुष्ट पक्षले पनि बैठकलाई निरन्तरता दिंदै आएको छ । असन्तुष्ट पक्षको बैठक पनि आजै दिउँसो १२ बस्ने बस्दैछ । संस्थापन पक्षको बैठक ललितपुरको बालकुमारीमा बसिरहको बेला असन्तुष्ट पक्षको बैठक बानेश्वरको एक होटलमा बसेको थियो । वरिष्ठ नेता नेपालले हिजो मङ्गलबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै लामो छलफल गर्नुभएको थियो । उक्त बैठकमा केही दिनिभत्रै आफ्नो समूहमा बहुमत जुट्न सक्ने सम्भावना रहेकोले ओलीलाई अध्यक्षबाट हटाउने रणनीतिका साथ अघि बढ्नेसम्मको छलफल भएको थियो।

आजको बैठकमा वरिष्ठ नेता नेपाल पक्षले विघटित विवाद समाधान कार्यदलका आफुपक्षीय नेताहरुलाई बोलाइएको छ । शेरबहादुर देउवालाई विश्वासको मत दिने, नदिने आफ्नो समूहका सबै नेताहरुलाई नेता नेपालले बैठकमा आउन निर्देशन दिनुभएको छ । नेपाल पक्षको आज बस्ने बैठकले अबको रणनीतिका बारेमा विस्तृत छलफल गरी कसरी अघिबढ्ने भन्ने निर्णय गर्ने छ । केपी ओली नसच्चिए पार्टी फुटाएर अघि बढ्ने कि पार्टी भित्रै रहेर अन्तर सङ्घर्ष चर्काउँदै ४० प्रतिशत पुर्याएर मात्र नयाँ पार्टी गठन गर्ने भन्ने नै आजको मुल एजेण्डा हुनेछ ।


संस्थापन पक्षमा ओलीको बोलीमात्र सुन्नु पर्ने र अरुका कुरा सुन्न ओली तयार नहुने ओली पक्षमा रहेका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा नवसञ्चार अनलाइनसँग कुरा गर्दै भने । अध्यक्ष ओलीको अगाडि कोही बल्न चाहँदैनन् र बोले पनि त्यसको कुनै अर्थ नरहेको उनको टिप्पणी छ । ओली पक्षमा देखिएका केही नेता र सांसदहरु पर्ख र हेरको अवस्थामा रहेको उनको बुझाइ छ ।

यता असन्तुष्ट पक्षका नेता तथा सांसद् मेटमणि चौधरीले ओली पक्ष धेरै सांसदहरु नेपाल पक्षमा आउने तयारीमा रहेको दाबी गर्नुभएको छ । पार्टी एकताको अब कुनै सम्भावना नरहेको नेता चौधरीको भनाइ छ । पार्टीलाई एक क्किा बनाएर लैजाने मनसाय भएको भए ओलीले यसरी दम्भ, अहङ्कार र निषेधको राजनीति गर्नु हुन्थेन भन्नु नेता चौधरी । पार्टीलाई एकताको सुत्रमा बाँध्ने हो भने ओलीले अध्यक्षको पदबाट राजीनामा दिनु पर्दछ । नत्र यथास्थितिमा पार्टी एकता नहुने उहाँको निष्कर्ष छ ।