काठमाडौं – आज देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेन नं. एक र दुई तथा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि धेरै वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश एक, दुई तथा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्ला पानी परिरहेको जनाइएको छ ।

मौसममा आंशिक बदली रही धेरै स्थानमा पानी पर्ने छ । मध्यान्न तिर मौसममा केही सुधार आएता पनि साँझ पख बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने मध्यमखाले वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । भोलि राति भने बागमती, गण्डकी प्रदेश लगायत अन्य केही प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै बुधबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने छ । त्यसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।