काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण,१० बुँदेको कार्यान्वयनबारे जानकारी, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, एमाले नेतृत्वको सरकारबारे समीक्षा, पार्टीको आगामी भूमिका लगायत रहेका छन् । ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठक यिनै एजेन्डामा केन्द्रित रहेर छलफल जारी रहेको छ ।