काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६ सय ६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ । यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना सङ्क्रमणमुक्त हुँदा ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।