काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न विप्लव आज बिहान भक्तपुरको बालकोट स्थित उहाँकै निवास पुग्नुभएको हो । उहाँहरुबिच बिहान साढे ८ देखि साढे ११ बजेसम्म भेटवार्ता भएको थियो ।

सो भेटमा नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा, सचिवालय सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढासहित सहभागी रहेको जनाइएको छ । विप्लवले ट्विट गरेर पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल भएको जानकारी दिनुभएको छ । पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त रहदैं आउनु भएको छ । सोही क्रममा ओलीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।