फाइल तस्बिर
काठमाडौँ – गठबन्धन दलका नेता तीन शीर्ष तीन नेताबीच कोटेश्वरमा समसामयिक विषयमा छलफल भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवार्दी पार्टीका नेताबीच आज बिहान नेता नेपालको निवास कोटेश्वरमा भेट भएको हो ।यसैबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बिहान नेपाल निवास पुग्नुभएको थियो । तीनै जना नेताहरुले मन्त्रिपरिषद् विस्तारदेखि सरकार सञ्चालन र देशको बदलिंदा राजनीतिक घटनाक्रमका बारेमा करिब एक घण्टा छलफल भएको थियो ।


एमालेका वरिष्ठ नेता नेपाल र उहाँ पक्षीय २२ जना सांसदहरुले असार ३ गते संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए पछिको एमालेमा उत्पन्न परिस्थितिका बारेमा पनि छलफल भएको स्रोतको भनाइ छ । माधव नेपाल पक्षलाई सरकारकारमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ । तर सरकारमा सहभागी हुने नहुने विषयमा नेपाल पक्षले अझै टुङ्गो लगाएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।


माधव नेपाल तत्काल सरकारमा जाने मनस्थितिमा नरहेको बुझिन्छ । उहाँ पार्टी केन्द्रीय कमिटी र सांसद सङ्ख्या न्यूनतम पनि ४० प्रतिशत पुर्याउने कसरतमा हुनुहुन्छ । कम्तिमा ४० प्रतिशत पुगेमा नेपाललाई पार्टी फुटाउन सहज हुनेछ । अन्यथा एमाले वरिष्ठ नेता नेपाललाई पार्टी फुटाउन सहज हुनेगरी प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउन सक्ने आङ्कलन पनि गर्न थालिएको छ । प्रधानमन्त्रीले आफुलाई लगाएको गुन तिर्न पनि नेता नेपाललाई पार्टी विभाजन गर्न सहयोग गर्न चाहनु हुन्छ । माधवकुमार नेपाललाई सहज हुनेगरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सकेमा नेपालले पार्टी विभाजन गर्ने र माओवादी केन्द्रसँग पार्टी एकता गरेर जान ढोका खुल्नेछ । तर सो सम्बन्धी अध्यादेश ल्याउनका लागि त्यति सजिलो छैन । किनकी ओलीलाई च्याप्दै आउनु भएकी विद्यादेवि भण्डारी राष्ट्रपति पदमा हुनुहुन्छ । उहाँ यस्तो खालको अध्यादेशका निम्ति बाधक बन्नसक्ने अवस्था छ ।


एमाले संस्थापन पक्षको हिजो बसेको बैठकले पार्टी निर्देशन विपरीत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालसहित २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरे पनि आफूहरुले स्पष्टीकरण पत्र प्राप्त नगरेको सांसदहरुले बताएका छन् । हिजोको केन्द्रीय समितिको बैठकमा नेपाल पक्षका कुनैपनि नेताहरुको उपस्थिति रहेन । एमालेको संस्थापन पक्षको केन्द्रीय समितिको बैठक आजपनि बस्दै छ ।