काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललिलपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न हिजोबाट सुरु भएको हो । बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने सक्ने कारबाहीको कदमलगायत विषयमा छलफल भइरहेको छ ।

केन्द्रीय कमिटीको हिजो सोमबारको बैठकले माधव नेपालसहित काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यस्तै बैठकले एमाले विवाद समाधान कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो । हिजोको केन्द्रीय कमिटी बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी बैठक पनि बसेको थियो ।