काठमाडौं – सरकारले स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज नै सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा सरकारले डा.पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत दुई वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य प्राविधिकतर्फको (स्वास्थ्य सेवा) सचिव पद रिक्त थियो । तत्कालिन स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई २०७५ मा प्रधानमन्त्री कार्यालयमा तानेदेखि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहँदै आएको थियो ।