काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७ सय ५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७ सय ४३ जना पुगेको छ । यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३३ हजार ३ सय ३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५ सय ८२ पुगेको छ । हालसम्म कोरामेना सङ्क्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।