काठमाडौं— आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४ बस्न लागेको हो । पाँच सदस्यीय मन्त्रिपरिषद्को आज बस्ने बैठक नियमित बैठक हो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले हिजो प्रतिनिधिसभाबाट विश्वासकोे मत पाए पछि बस्न लागेको आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने स्रोतको भनाइ छ । पूर्ववर्ति ओली सरकारले गरेका कतिपय असंवैधानिक नियुक्ति र अन्य केही विषयमा केही निर्णय हुनसक्ने छन् ।