ललितपुर – ललितपुर महानगरपालिकाले आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका व्यक्तिलाई खोप लगाउँदैछ ।

महानगरले उक्त उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन लागेको हो । यसका लागि महानगरका २९ वटै वडा कार्यालयहरु मध्ये आफूलाई पायक पर्ने वडा कार्यालयमा जान सकिनेछ । आफ्नो उमेर समूहको परिचयपत्रका साथ आफ्नो वडामा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ ।