काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा मिन विश्वकर्माले जिम्मेवारी पाउने पक्का भएको छ । प्रधानमन्त्री देउवाका विश्वास बालकृण खाँण गृहमन्त्री भएपछि उक्त पदमा विश्वकर्माले स्थान पाउने भएका हुन् । प्रधानमन्त्री देउवाले हिजो प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि अब मन्त्रिमण्डल विस्तार हुने भएको छ । विस्तारित मन्त्रिपारिषद्मा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भूषाललाई पनि प्रधानमन्त्री देउवाले मन्त्री बनाउने लिष्टमा छन् ।


विश्वासको मत पाएसँग प्रतिनिधिसभामा सत्ता पक्षको उपस्थितिलाई व्यवस्थित गराउनका लागि प्रधानमन्त्रीले देउवाले आफ्ना विश्वासपात्र विश्वकर्मालाई प्रमुख सचेतक बनाउने तयारी गरेका हुन् । मिन विश्वकर्मा पार्टीभित्र प्रखर र जुझारु नेताका रुपमा परिचित छन् ।