काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीनजनाको नाम मन्त्रिपरिषद्मा पठाइने भएको छ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवसहितको सिफारिस समितिले तीनजनाको नाम पठाउन सिफारिस गरेको हो ।

स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरिएको हो ।

आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले नाम पठाइएका तीन जनामध्ये एक जनालाई स्वास्थ्य सेवातर्फको सचिव नियुक्त गर्नेछ । २०७६ मा तत्कालीन स्वास्थ्यसचिव डा.चौधरीको राजीनामा स्वीकृत भएसँगै स्वास्थ्य सेवातर्फ सचिवको पद रिक्त रहेको छ ।