काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएसँगै देशको धुमिल राजनीतिले केही राहत महसुस गरेको छ । विवाद्मा मुछिएका राजनीतिक दलहरुले आफुलाई सच्याएर अगाडि बस्ने अवसर पाएका छन् । विवादको चक्रब्यूहमा फसेको नेकपा एमाले र जनता समाजवादी दललाई मिल्ने समय जुरेको छ ।

प्रधानमन्त्री देउवाले संसदबाट विश्वास मत पाउने त पक्का थियो नै, तर जसपा महन्थ ठाकुर र केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । यद्यपि, ठाकुर पक्षले अन्तिम समयमा आएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय सार्वजनिक गरेको थियो । हिजो संसद भित्रको विश्वासको मत दिने र नदिनेहरुले अचम्मित बनाए दुनियाँलाई । विश्वासको मत नदिने भन्नेहरुले विश्वासको मत दिए, जस्ले देउवाको पक्षमा गठबन्धनमा रहेकाहरुले अन्तिम समयमा प्रधानमन्त्री देउवालाई मत नदिइ टठस्थ बसे । राजनीतिक बेइमानी देखाए ।

यो प्रवृत्तिले न एमालेको एकतालाई फाइदा पुग्यो त उनीहरु स्वयमलाई नै पनि । हिजो गठबन्धनमा बसेर प्रतिनिधिसभा विघटनको विरुद्ध र देउवाको पक्षमा वकालत गर्ने माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिएर धोका दिने चरित्रको उजागर गरे । हिजो गठनबन्धनका देउवालाई बोक्ने माधव नेपाल पक्षकाले विश्वासको मत दिएनन । तर, गठबन्धन र देवाउको विपक्षमा उभिएका ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेर राजनीतिक सहिष्णुताको परिचय दिए ।

एमाले वरिष्ठ नेता माधव नेपाल समुहमा रहेका ८ सांसद अन्तिम सयममा तटस्थ बसे । सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा नेपाल पक्षका २३ सांसद थिए । यी मध्ये देउवालाई १४ जनालेमात्रै विश्वासको मत दिए । वरिष्ठ नेता झलनाथ खनाल दिल्लीमा उपचार गराइरहनु भएकोले उपस्थित हुनसक्नु भएन । माधव पक्षबाट देउवालाई मतदान गर्नेहरमा माधव नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, निरादेवि जैरू, लक्ष्मी चौधरी, सरला यादव, कल्याणी खड्का, भवानीप्रसाद खापुङ र पवित्रा निरौला रहेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध र देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर हस्ताक्षर गर्ने एमालेका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतैपति मत दिएनन् । यो उनीहरुको राजनीतिक बेइमानी चरित्रको उपज थियो । ओली पक्षका सांसदहरुमा प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले देउवाको पक्षमा मत दिएर नेपाल पक्षमा देखिए ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको कुल एक सय २१ सांसद रहेकाछन् । तीमध्ये अध्यक्ष ओलीको विपक्षमा ३३ जना सांसद उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत अब माधव नेपाल पक्षमा ३३ देखिएका छन् । देउवालाई दिएको मतलाई मात्र आधार मानेर हेर्दा एमाले भित्रको राजनीति अब झन पेचिलो बन्ने देखिन्छ ।