काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त हुनुभएको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गर्नुभएको हो ।

समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उहाँको स्थानमा रावललाई नियुक्त गरिएको हो । प्रधानमन्त्री देउवाले काङ्ग्रेसको विधानको धारा २५ (९) बमोजिम रावललाई नियुक्त गर्नुभएको हो । काङ्ग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो । पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् ।