काठमाडौं– अन्ततः जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान दिने निर्णय गरेको छ । ठाकुर पक्ष यसअघि पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली निकटमा रहेका थिए । ठाकुर पक्षले आइतबार दिउँसो देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको जसपा ठाकुर पक्षले जानकारी गराएकोे छ ।


ठाकुर पक्षमा यतिबेला १३ जना सांसद् छन् । उता जसपाको उपेन्द्र यादव पक्षका १९ जना सांसदहरुले यसअघि नै शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । जसपाका ३४ सांसदमध्ये २ जना निलम्बित छन् । जसपाका यी दुवै पक्ष विभाजित छन् । जसपाको आाधिकारिकताका बारेमा निर्वाचन आयोजनमा आजबाट बहस सुरुभएको छ ।