काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय एक जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार छ सय २८ पीसीआर तथा तीन हजार एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी शनिबार एक हजार छ सय ६४७ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर निको भै घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण देशभर २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइसरकै कारणले मृत्यु हुनेको सङ्ख्या नौ हजार पाँच सय ५० पुगेको छ । नेपालभार हाल २५ हजार चार सय ८५ जना सक्रिय सङ्क्रमित छन् ।
यसैगरी काठमाडौं उपत्यकामा भने २४ घण्टामा तीन सय ३४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जनामा सङ्क्रमण पुष्टिभएको हो ।