काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर फैलिएको मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा बिहान पनि हल्कादेखि मध्यमखालको वर्षा भैरहेको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभावले धेरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको भनाइ छ । प्रदेश एक र दुईका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा पानी परिहरेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद्का अनुसार आज आइतबार दिउँसो पनि देशका विभिन्न क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. एक र दुई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति पनि सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा पर्ने पानीका कारण बाढी पहिरो आउन सक्ने साना ठूला नदीनालाहरुमा पानीको बहाव समेत बढ्न जाने हुँदा सजग रहनुका साथै सडक यातायातमा समेत प्रतिकुल प्रभाव पर्नसक्ने हुँचा आवश्यक सतर्कता अप