काठमाडौं – देशको सत्ता फेरिएसँग जनता समाजवादी पार्टीका चार सांसद्ले पनि कित्ता परिर्वतन गरेका छन् । सत्ताको नजिक हुन रुचाउने लोभिपापीहरुको जमातले नै यतिबेला सबै पार्टीभित्र सत्ता पक्ष र विपक्ष देखिएका छन् । औपचारिक रुपमा पार्टी घोषणामात्र बाँकी रहेको अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार जना सांसदहरुले प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादवको कित्तामा उभिन पुगेका छन् । उनी मन्त्रीबन्न पाइन्छ कि भन्ने लालसा बोकेर पटक पटक आफ्नो क्याम्प परिर्वतन गर्दै आएका छन् । अब जसपाको महन्थ ठाकुर पक्ष केही कमजोर भएको छ ।

पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा हिजो महन्थ ठाकुरको कित्तामा उभिएका सांसदहरुमध्ये प्रमोद साह, रानी मण्डल अमृता अग्रहरी र नरमाया ढकाल सहभागी भएका हुन् । ठाकुर पक्षका नेताहरुका अनुसार यी चारै जना सांसदहरु शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित रहेका थिए । जसपाको ३२ जना सदस्य रहेको संसदीय दलमा अब दुवै पक्षमा १६–१६ जना सांसद सङ्ख्या देखिएको छ । तर अझै ठाकुर पक्षमा रहेका थप केही सांसदहरु आफ्नो पक्षमा आउने यादव पक्षको दावी छ । जसपा अलग्निे र आधिकारिकता कस्ले पाउने भन्ने विषयको टुङ्गो साउन ३ गते लगाउने गरी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको संयोजकत्वका पाँच सदस्यीय इजलास गठन भएको थियो । सम्भवत भोली साँझसम्ममा जनपाको विवाद टुङ्गिने र दुवै पक्ष अलग अलग पार्टीको अस्तित्वमा आउन सक्ने छन् ।