काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार आठ सय ५८ पीसीआर तथा तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी शनिबार दुई हजार एक सय ६४ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर निको भै घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण देशभर २१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइसरकै कारणले मृत्यु हुनेको सङ्ख्या नौ हजार पाँच सय २७ पुगेको छ । नेपालभार हाल २५ हजार नौसय ५२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।
यसैगरी काठमाडौं उपत्यकामा भने २४ घण्टामा चार सय २८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा सङ्क्रमण पुष्टिभएको हो । उपत्यकामा निषेधाज्ञा खुकुलो पारेसँग सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेको छ ।