काठमाडौं – नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउनुक्रम बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने योजना बनाएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म चीनमा निर्मित ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ मन्त्रालयका दावी छ ।

नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोना भाइरस विरुद्धको ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । उक्त एग्रिमेन्टअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ७ गतेदेखि थप खोप नेपाल भित्रिने भएको छ । यसैबीच चीन सरकारले थप १६ लाख डोज खोप पुनः अनुदानमा पनि दिने भएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘हामी सबैले खोप लगाउन पाउने छौै’ भनिएको छ । मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना रहेको भनिएको छ ।