काठमाडौं – उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको शिष्टाचार भेटगर्ने क्रममा चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदान दिने खुलासा गर्नुभएको हो ।


चीन यस अघिपनि अनुदानमार्फत् १८ लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता समेत गरेको मध्ये आठ लाख डोज खोप आइसकेको छ । चीनबाट खरिद गरिएको खोप लिन नेपाल वायुसेवा निगमको वाइडवडी जहाज साउन ६ गते चीन जाने तालिका बनिसकेको छ । निगमले १० गतेसम्म गरी तीन पटक चीनबाट कोरोनो खोप ल्याउने छ ।