काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।

देशभर हालसम्म २६ हजार ८ सय २७ जना सक्रिय सङ्क्रमित छन् भने आज मात्रै १ हजार ७ सय ७५ सङ्क्रमणमुक्त भएर घर फर्केका छन् । गत २४ घण्टामा ९ हजार ६ सय १३ जनाको पीसीआर तथा ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ५ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३ सय ४३, भक्तपुरमा ६२ र ललितपुरमा १ सय ३६ जना सङ्क्रमित थपिएका हुन् ।