ललितपुर– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले जनादेशबाट प्राप्त सरकारलाई हटाइएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले आफुलाई सर्वोच्च अदालतले परमादेशबाट हटाइएको भन्दै आगामी दिनको परिस्थिति जटिल बनेको बताउनु भएको छ । आज ललितपुरको बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आफू पक्षीय स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उक्त धारणा व्यक्त गर्नु भएको हो ।

बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले ‘जनादेशबाट प्राप्त हाम्रो सरकारलाई परमादेशबाट हटाइएको छ । हामीले न्याय पाउने ठाउँबाट अन्याय पाएका छौं’ भन्नुभयो । एमाले संसदीय दलका नेता ओलीले अब आफूहरु शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत बताउनु भएको छ । उक्त बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको उपस्थिति रहेन ।


आफ्नै दम्भ, अहङ्कारले सत्ताच्यून बन्न पुग्नुभएका निवर्तमान प्रधानमन्त्री ओलीलाई आजको बैठक स्थगित गरेर पार्टीको विवाद सल्ट्यान अनुरोध गर्न पुगेका माधव पक्षका नेतालाई भेटघाटको समय नदिइ फर्काएको नेता नेपाल पक्षका नेताको गुनासो छ । एमाले संसदीय दलको बैठक पनि आजै बस्न लागेको छ ।