काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताउनुभएको छ । ओलीका समर्थकहरुको प्रदर्शनलाई उहाँले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गर्नुभएको छ ।

अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’ कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो भएको पनि भट्टराईले उल्लेख गर्नुभएको छ ।