काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ । उहाँ आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।

गत मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको छ । स्रोतका अनुसार, ‘आज साउने सङ्क्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ,’ ।

देउवा मङ्गलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सर्नुभएको थियो ।