काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशको मौसममा केही परिवर्तन हुँदै आज पुनः मनसुन सक्रिय हुने बताएको छ । शुक्रबार देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली रहने विभाग जनाएको छ ।

लुम्बिनी तथा गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जिर्दै चट्याङ्गसहित भिषण वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा मौसमविदले जानकारी दिएका छन् ।

शुक्रबार राति पनि मनसुन सक्रिय हुने भएकोले विभिन्न ठाउँमा पानी पर्नसक्ने जनाइएको छ । राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ । विभागले जनाएअनुसार आज शुक्रबार बिहानैदेखि देशभर सामान्य बदली रही प्रदेश नं. १ र २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक÷दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना भएकोले बाढी र पहिरो जानसक्ने हुँदा सतर्क रहन पनि विभागले सबैमा अनुरोध गरेको छ । नदीहरुमा पानीको सहत बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा हुनसक्ने सम्भावित प्रभावबाट सर्तक रहन सचेत गराएको छ । भारी वर्षाका कारण साना ठूला राजमार्गहरुमा पनि पहिरोको प्रभाव पर्नेसक्ने र यातायात पनि त्यसबाट प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु समेत विभागले अनुरोध गरेको छ ।