काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी तथा गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । हाल नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक÷दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु मौसमविदले आग्रह गरेका छन् ।