काठमाडौं – काठमाडौंको नयाँ बसपार्कबाट लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट २८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले उनीहरुबारे अनुसन्धान गरिरहेको छ ।