काठमाडौं– सत्ताच्यूत भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनु भएको छ । भोलि तीन बजेका बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बस्ने भएको हो । उक्त कुराको जानकारी एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराउनु भएको हो ।


प्रधानमन्त्रीबाट बहिर्गमन हुनुपरेको पीडाले छट्पटिनु भएका अध्यक्ष ओलीले त्यसको प्रतिशोध लिन वरिष्ठ नेता नेपाल पक्षका सांसदहरुलाई पार्टी सदस्य र सांसद् पदबाट बर्खास्त गर्ने मुडमा रहेको बुझिन्छ । अध्यक्ष ओलीले हिजो सरकारी निवास छोडर भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेर वरिष्ठ नेता नेपाललाई गद्दार भन्दै आक्रोश पोख्नु भएको थियो । पार्टीको विवाद मिलाउन गठित कार्यदलले १० बुँदे सहमति गरेको मसी सुक्न नपाउँदा एमालेको विवाद पुनः बल्झिएको छ ।